१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हेटौंडामा झण्डै एक लाख रूपैयाँ नक्कली नोटसहित एकजना पक्राउ



काठमाडौं । हेटौंडामा झण्डै १ लाख रूपैयाँबराबरको नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा–८ का रामकृष्ण अधिकारी रहेको छन्। प्रहरीले उनको साथबाट ५ सय रुपैयाँका १८६ थान नक्कली नोट बरामद गरेको छ।

मकवानपुर प्रहरीले बिहीबार राति करीब १ बजे पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अधिकारीलाई पक्राउ गरेको हो। बर्दिबासबाट हेटौंडातर्फ जाँदै गरेको बा ३३ प ९९८३ नम्बरको मोटरसाइकलमा सवार अधिकारीको साथबाट नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

धादिङको गंगाजमुना गाउँपालिका–२ स्थायी ठेगाना भएका ४२ वर्षीय अधिकारी हाल हेटौंडा–८ मा बस्दै आएका थिए। पक्राउ परेपछि मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर उनलाई प्रहरी हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ३ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।