काठमाडौं
राजधानी काठमाडौंको मनोहरामा ट्रकको ठक्करपछि एक मोटरसाइकल चालकको निधन भएको छ ।
प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा बा.६० प १७९५ नम्बरको मोटरसाइकल र बा.प्र–०३–००१ ख १२४७ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको निधन भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको जानकारी दिएको छ ।








प्रतिक्रिया