४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारीको नाइके भएको महानगरका मेयर बालेनकाे आरोप



काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन(बालेन्द्र) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन्। प्रधानमन्त्री लगायतले भ्रष्टाचारी जोगाउन लागिपरेकाले आफु गणतन्त्र दिवस मनाउन मूल समारोह समितिको बैठकमा नगएको उनको प्रष्टीकरण छ ।

सोमबार उनले फेसबुकमा लेखेका छन्– जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा , देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिष्टम ।’
कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले अर्कोपटकदेखि काठमाडौं महानगरपालिकाका मेयर शाहलाई बैठकमा नबोलाउन र मुल समारोह समिति नाम नराख्न निर्देशन दिएका थिए।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।