काठमाडौँ
वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३ सय ९५ जनाले सगरमाथा आरोहण गरेका छन् ।
पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन् । शिखरसम्म डोरी टाँग्ने ९रोप फिक्सिङ० टोलीका सात जना छन् ।
हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३ सय ८२ पुरुषसहित ४ सय ६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् । सगरमाथासहित २७ हिमालमा यस यामका लागि १ सय २७ समूहका एक हजार १ सय ६८ जनाले आरोहण अनुमति लिएका छन् ।
यसअघि मौसम अनुकूलभएसँगै गत आइतबार एकैदिन एकसय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।








प्रतिक्रिया