१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मनोहरामा एक युवकले एकैचोटि फ्लेक्सन ४८ वटा ट्याब्लेट खाँदा बिरामी



काठमाडौं । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ फिक्कल चोकमा डेरा गरी बस्ने एक युवक एकैचोटि फ्लेक्सन नामको ४८ वटा ट्याब्लेट खाँदा बिरामी परेका छन्।

प्रहरी प्रभाग काँडाघारीका अनुसार दोलखाको बैतेश्वर गाउँपालिका-३ घर भएका २३ वर्षीय गणेशबहादुर राउतले मंगलबार साँझ ६ बजेतिर एकैपटकमा ४८ वटा फ्लेक्सन ट्याबलेट खाएका हुन्।

त्यसपछि अस्वस्थ भएका उनलाई उनकी आमा सीता राउतले तत्काल उपचारका लागि पेप्सिकोलास्थित रहेको मदरल्यान्ड अस्पताल भर्ना गराएकी छन्।

हाल उपचाररत युवक बोल्न सक्ने अवस्थामा रहेको प्रहरी प्रभाग काँडाघारीले जनाएको छ।

उनले त्यसरी एकैचोटि त्यति धेरै फ्लेक्सन ट्याब्लेट किन खाए भन्ने कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फ्लेक्सन सामान्य दुखाइ, ज्वरो तथा कमजोरीका बेला प्रयोग गर्ने औषधी हो।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बुधबार  ३ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।