१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेपाल प्रहरीद्वारा यी रुटमा निःशुल्क बस सेवा सञ्चालन



काठमाडौं । यातायात व्यवसायीले गरेको सवारी साधन बन्दको कारण समस्यामा परेका नागरिकको सुविधाको लागि नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा बस सेवा सञ्चालन गरेको छ।
अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन दुईवटा बस सञ्चालन गरिएको प्रहरीले जनाएको छ। विभिन्न आठवटा यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै आज देशव्यापी रुपमा सार्वजनिक यातायात बन्द गरेका छन्।

प्रहरी प्रधान कार्यालयले दुईवटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो। ती बस काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ। नक्सालबाट बालुवाटार, महाराजगन्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्नेछ।

यस्तै नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, काटेश्वर, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, महाराजगन्ज, बालुवाटार हुँदै नक्सालसम्को रुटमा पनि प्रहरीको बस चल्नेछ।

यसैबीच प्रहरीले यात्रुसँग बढी भाडा नलिन विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ। बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो।

यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिन प्रहरीले अनुरोध गरेको छ।

 

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।