ललितपुर । ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा रहेको रेड पान्डा तेस्रो प्रयासमा चोरी गरेर उम्कन खोज्नहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङबेशी घर घएका २१ वर्षीय कृष्ण गुरुङ र भारत बिहार राज्य वैशालीका २६ वर्षीय मोहमद तफिक छन् । घटनाका दुई भारतीय भने अहिलेसम्म फरार छन् ।
उनीहरूले दुई पटकसम्म चिडियाखाना गएर रेकी गर्दै तेस्रो प्रयासमा रेड पान्डा चोरेर झोलामा समेत प्याक गरिसकेका थिए । मध्यराति चिडियाखानाबाट रेड पान्डा चोरेर झोलामा समेत प्याक गरेका उनीहरू रेड पान्डा कराउन थालेपछि झोला फालेर फरार भएको पाइएको ललितपुर परिसरले जनाएको छ ।








प्रतिक्रिया