ललितपुर । ललितपुर गोदावरी नगरपालिका–१४ मा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु भएको छ । ठैबबाट सानागाउँ जाने बाटो बनाउँदा जेसीबीले पोल उठाउँदा सो पोलले लागेर ५८ वर्षीय रमेश खड्गीको मृत्यु भएको हो ।
सो विरोधमा स्थानीयले टायर बालेर ठैब क्षेत्रमा प्रदर्शन गरेका छन् । सातदोबाटो बाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।








प्रतिक्रिया