४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चितवनबाट भाले गैँडा माइलालाई चिडियाखाना ल्याइयो, पुजालाई केहि दिनमा ल्याइने



ललितपुर । चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा माइलालाई सदर चिडियाखाना ललितपुर ल्याइएको छ । सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काइएको भाले गैँडालाई बुधबार ललितपुरमा रहेको सदर चिडियाखानामा ल्याइएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको “माईला”लाई सौराहाको प्राकृतिक संरक्षण कोषको कार्यालयमा ल्याएर हुर्काइएको थियो ।

वन तथा वातावरण मन्त्रालयले गत वैशाख २४ गतेको सौराहामा हुर्किएका २३ महिनाको “माइला” र ३० महिनाको पोथी गैंडा “पुजा”लाई सदर चिडियाखाना ललितपुर पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बुधबार दुवै गैँडालाई पठाउने तयारी गरिएको भए पनि “पुजा” खोरमा जान नमानेपछि “माईला”लाई एक्लै पठाइएको हो ।

मन्त्रालयको निर्णय अनुसार “पुजा”लाई पनि केही दिन पछि सदर चिडियाखाना पठाईने सूचना अधिकारी थापाले बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, बिहिबार  ४ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।