५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको तीनपिप्लेमा माइक्रो बस दुर्घटना, ८ जना घाइते



काठमाडौं

काठमाडौंको तीनपिप्लेमा माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

काठमाडौं तारकेश्वरस्थित भुवनेश्वर मन्दिरमा पर्यटक लिएर आएको माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

दिउँसो करिब १ बजेको समयमा काभ्रेको बनेपाबाट तारकेश्वर नगरपालिका-३ तीनपिप्लेको भुवनेश्वरी मन्दिर आएको बा १ ज ८६८५ नम्बरको माइक्रोबस ब्रेक फेल भई दुर्घटनामा परेको हो।

माइक्रोबस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा काभ्रे १० की सुनिता खड्का, सारदा रावत, अनिता थापा, कान्छी खड्का, राम शोभा थापा, शान्ता खत्री, पार्वती काफ्ले र लक्ष्मी खड्का सामान्य घाइते भएको प्रहरीको भनाइ छ। घाइतेहरूको केहीको खुट्टामा, केहीको हातमा सामान्य चोट लागेको बताइएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  ५ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।