२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बौद्धमा टिपरले ठक्कर दिँदा १ जनाको मृत्यु, चालक काभ्रेबाट पक्राउ



काठमाडौं । काठमाडौं बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–६ बौद्धस्थित रामहिटीमा शनिबार राति साढे ११ बजेतिर टिपरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो। बागमती प्रदेश–०१–००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट ज्यान गुमाउने व्यक्ति सोही ठाउँका ६५ वर्षीय राजकुमार पौडेल हुन्।

दुर्घटनापछि चालक टिपर लिएर भागेका थिए । टिपर चालक काभ्रेको मण्डदनेउपुर नगरपालिका–६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरिएको छ । दुर्घटनापछि भागेका चालकलाई मण्डनदेउपुरबाट पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।