२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सञ्चालनमा आयो कान्ति लोकपथ



ललितपुर । हेटौँडा ललितपुर जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ । बागमती नदीको बगुवा खोलामा बेलिब्रिज निर्माणपछि कान्ति लोकपथ सडक खण्ड आइतबार बिहानबाट सञ्चालनमा ल्याइएको हो ।

मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न गरिएको थियो । बेलिब्रिज निर्माणसँगै पुलबाट सवारी साधन चल्न थालेका छन् । गत वर्ष असोजमा आएको बाढीले बगुवास्थित बागमती पुलको मकवानपुर तर्फको पहुँच मार्ग बगाएको थियो ।

पुलको पहुँच मार्ग बगाएसँगै खोलाको बगरबाट डाइभर्सन निर्माण गरी सवारी साधन आवतजावत हुँदै आएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  ११ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।