२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बागमतीसहित ११ जिल्लाका नदीको तह घटबढ भइरहने भन्दै सतर्क रहन आग्रह



काठमाडौं । बागमतीसहित ११ जिल्लाका नदीको तह घटबढ भइरहने भन्दै बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आगामी ३ दिन कोसी नारायणी कर्णाली महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती पश्चिम राप्ती कन्काई, कमला. बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिन्छ।

आजलाई भने ११ जिल्ला र आसपासका खोला/नदीमा बाढीले जोखिम निम्त्याउने सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ। सूचनामा भनिएको छ: आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, खोटाङ, कास्की म्याग्दी बागलुङ, दैलेख, रुकुमपूर्व, रुकुमपश्चिम, दाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, सोमबार  ११ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।