२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा सरदरभन्दा बढी गर्मी



काठमाडौं । काठमाडौं उपत्यकामा तापक्रम बढ्दो क्रममा छ। आइतबार सरदर तापक्रम ३०.५ डिग्री सेन्टिग्रेड रहेकोमा सोमबार बढेर ३१.६ डिग्री पुगेको थियो। मंगलबार पनि यो ३० देखि ३२ डिग्री सेन्टिग्रेडको बिचमा रहने मौसम पूर्वानुमान महाशाखाको आकलन छ। जून महिनाको लागि राजधानी काठमाडौंको सरदर तापक्रम २९.५ डिग्री सेन्टिग्रेड हो।

‘वर्षा हुन नसकेको र बादल पनि नलागेको कारण तापक्रम बढेको हो,’ महाशाखाका मौसमविद डेविड ढकालले भने। बिहानको न्यूनतम तापक्रम पनि सोमबार २०.४ डिग्री रहेकोमा मंगलबार यो बढेर २१.८ डिग्री सेन्टिग्रेडमा उक्लेको थियो।

नेपालको पूर्वी क्षेत्रमा जेठ १५ बाटै मनसुन प्रवेश गरे पनि यसको विस्तार हुन सकेको छैन। यसअघि यसै वर्षको अप्रिल २४ मा काठमाडौंमा सर्वाधिक ३३.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।

काठमाडौं मात्रै होइन हाल नेपालगन्ज तथा दिपायल लगायतका सहरमा पनि तापक्रम सरदरभन्दा अत्यधिक रहेको छ। जून महिनाको लागि नेपालगन्जको सरदर तापक्रम ३६.६ डिग्री रहेकोमा सोमबार यो ४१ डिग्री सेन्टिग्रेड पुगेको थियो। यसैगरी धनगढीको जून महिनाको सरदर तापक्रम ३६.३ डिग्री रहेको सोमबारको अत्यधिक तापक्रम ४०.२ डिग्री सेन्टिग्रेड रहेको थियो।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  ४ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।