२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मूल्यसूची नराख्ने एवाई अटो ट्रेडिङलाई ५१ हजार जरिबाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार एक उद्योग तथा फर्मलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत आज ११ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो ।

अनुगमन क्रममा काठमाडौं महानगरपालिका–३० स्थित एवाई अटो ट्रेडिङ कन्सर्नलाई ५१ हजार रुपैयाँ जरिबाना तिराइएको हो । उक्त उद्योगले दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ९ट० बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को १ (घ) बमोजिम जरिबाना तिराइएको विभागले जानकारी दिएको छ ।

यस्तै विभागको टोलीले अनुगमन गरेका ७ उद्योग तथा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात सहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ३ उद्योगलाई सामान्य निर्देशन मात्रै दिएको छ ।

पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहितको लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।