काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ बाघभैरव गुल्मको आयोजनामा शुक्रबार काठमाडौँ महानगरपालिका–१२ रत्नपार्क शान्तिवाटिका स्थित रानीपोखरीमा मनसुनजन्य विपद् प्रतिकार्य कृत्रिम अभ्यास तथा नगर प्रहरी प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ ।
काठमाडौँ महानगरपालिकाका उप–प्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँका बाहिनीपति लगायत नेपाली सेना, सशस्त्र प्रहरी, नगर प्रहरीका उच्च अधिकृतहरु, महानगरपालिकाका वडा अध्यक्षहरू, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी निरीक्षक रामहरि खड्काको कमान्डमा ५ जना गोताखोर सहितको टोलीले मनसुनजन्य विपद् प्रतिकार्य कृत्रिम अभ्यास गरेका थिए ।








प्रतिक्रिया