७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


माइतीघर मण्डलाबाट नेकपा बहुमत निकट ७ विद्यार्थी पक्राउ



काठमाडौं । सहकर्मी रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका नेकपा बहुमत पार्टीका ७ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीहरू छन् ।

वीरगन्जमा न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई मसी छ्याप्दा पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग गर्दै उनीहरूले शुक्रबार प्रदर्शन गरेका हुन् । आरोपीहरूलाई माइतीघर मण्डलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।

पक्राउ पर्नेमा नेकपा बहुमतको विद्यार्थी सङ्गठन ‘अखिल क्रान्तिकारी विद्यार्थी संगठन’का महासचिव उषा किरण कामी, केन्द्रीय सचिव हरि विष्ट, केन्द्रीय सदस्य सर्जन पाण्डे, ललितपुर जिल्ला अध्यक्ष सक्षम विक, केन्द्रीय सदस्य झक बिक, काठमाडौँ जिल्ला सदस्य सर्जन कामी र युवा सङ्गठनका उपाध्यक्ष प्रमोद सिंह छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ७ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।