२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जावलाखेल सदर चिडियाखानाबाट दुई पटक चोरीको प्रयास भएको रेडपाण्डाको मृत्यु



ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको शनिबार मृत्यु भएको छ। पछिल्लो दुई महिनामा दुई पटक चोरीको प्रयास भएको रेडपाण्डा चोरीको घटनापछि बिरामी परेको थियो। उपचारकै क्रममा चिडियाखानाभित्र रहेको अस्पतालमा उसको मृत्यु भएको चिडियाखानाले जनाएको छ ।

चिडियाखानाका प्रमुख सत्यनारायण शाहले रेडपाण्डा चोरीको प्रयासपछि कमजोर बनेको स्वास्थ्य अवस्थामा सुधार ल्याउने प्रयास गरिए पनि अन्ततः ज्यान जोगाउन नसकिएको बताए।

रेडपाण्डाको मृत्यु चिडियाखानाभित्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले यसअघि नै चोरी प्रयासबारे आन्तरिक छानबिन सुरु गरिसकेको थियो।

हरिविक्रम सिंहको नेतृत्वमा रहेको तीन सदस्यीय छानबिन समितिमा कोषका प्रवक्ता अम्बिकाप्रसाद खतिवडा र सिर्जना तिम्सिना सदस्य छन्। छानबिन समिति सक्रिय रहँदाको बीचमै रेडपाण्डाको मृत्यु भएको हो।

https://www.youtube.com/@lalitkhabar

प्रहरीका अनुसार, ३० वैशाखमा चिडियाखानाबाट रेडपाण्डा चोरी गर्ने प्रयास भएको थियो। घटनामा संलग्न रहको आरोपमा भारतीय नागरिक २६ वर्षीय मोहमद तफिक र धादिङका २१ वर्षीय कृष्ण गुरुङलाई पक्राउ गरिएको थियो। उनीहरू रेडपाण्डालाई झोलामा हालेर लग्ने प्रयासमा थिए, तर जनावर उफ्रिएर रुखमा चढेपछि उनीहरू फरार भएका थिए। उनीहरूको साथबाट रेडपाण्डाको भुत्ला, झोला, र चोरी प्रयोजनका सामग्री समेत बरामद गरिएको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।