२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दियो, ६ जना घाइते



काठमाडौं । ललितपुर ग्वार्कोमा महानगर यातायातको बसले कार र टेम्पोलाई ठक्कर दिएको छ । निर्माणाधीन ओभरपाससँगै बा.४ ख ११९ नम्बरको बसले बा.१ ह ३९१८ नम्बरको टेम्पो र बिएई ११९७ नम्बरको कारलाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

टेम्पुमा सवार ६ जना घाइते भएका छन् । उनीहरूको बी एण्ड बी अस्पतालमा उपचार हुँदैछ । दुर्घटनामा परेर टेम्पो चालक ओखलढुङ्गा घर भएका ४२ वर्षीय जित बहादुर मगर, टेम्पोमा सवार कैलाली घर भएर इमाडोल बस्ने २८ वर्षीया रश्मी धमला, रामेछाप घर भएका ३२ वर्षीय सन्तोष सुनुवार, कैलाली घर भएकी हेमन्ती विष्ट र टेम्पो चालककी पत्नी ४२ वर्षीय सिता मगर घाइते भएका छन् । कारमा सवार कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी घरकी ५३ वर्षीया चरिमाया तामाङ पनि घाइते भएकी छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।