२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं अजिमा हल नजिकबाट लागुऔषधसहित युवतीलाई पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्थित अजिमा हल नजिकबाट प्रहरीले लागुऔषध सहित एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर घर भएर अजिमा हल नजिकै डेरामा बस्दै आएकी २० वर्षीया मनिषा ठाकुर छिन् ।

उनको डेरा खानतलासी गर्दा २१ हजार ५ सय पिस ट्रामाडोल चक्की, फेनारगन २६० पिस, डाइजेपाम २६० पिस र नुर्फिन २६० पिस फेला परेको जिल्ला प्रहरी परिसरले जनाएकाे छ ।

असार ४ मा आरोपीको डेरा खानतलासी गरेर प्रहरीले २ लाख २५ हजार नगद पनि बरामद गरेको थियो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको परिसरले जनाएकाे छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ८ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।