काठमाडौं । संघीय संसद भवनमा रहेको क्यान्टिनको छतबाट खसेर एक जना कामदार घाइते भएका छन् । आइतबार फल्स सिलिङमा प्वाल परेपछि उनी खसेका थिए ।
घाइते भएका कामदारलाई खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर सिभिल अस्पताल लगिएको छ । उनको कुहिना र गोडामा चोट लागेको छ ।








प्रतिक्रिया