काठमाडौं । काठमाडौं टुसालमा एक जनाको हत्या भएको छ। बाराको निजगढ नगरपालिका ८ घर भएका ३२ वर्षका कृष्ण लामाको शुक्रबार राति हत्या भएको काठमाडौं प्रहरी परिसरले जनाएकाे छ । उनलाई मकवानपुर घर भइ काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ५ टुसाल बस्ने विकास लामा लोको बहिनीको जन्म दिन मनाउन भन्दै लगेर हत्या गरेको प्रहरीको दाबी छ। असार ६ गते राति टुसालस्थित विकास लामा लो को घरकोठामा लगी कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर घर भई जिल्ला काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ टुसाल बस्ने विकास लामा लो, बारा निजगढ नगरपालिका ७ घर भएका वर्ष २९ को सुगन्द लामा, यही नगरपालिकाको वडा नम्बर ५ घर भएका वर्ष १८ को सौगात क्षेत्री र मकवानपुर बकैया गाँउपालिका २ घर भएका वर्ष २३ का निसान जिम्भा रहेका छन्। उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले आइतबार अदालतबाट पहिलो पटक ५ दिन म्याद लिएको छ। कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया