२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति लोकपथको कन्तबिजोग



ललितपुर । काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने प्रमुख वैकल्पिक मार्ग टीकाभैरव–हेटौँडा सडक (कान्ति लोकपथ) हाल सबभन्दा चल्तीको सडक बनेको छ। तर यो मार्गसमेत जोखिमरहित छैन।

बीपी राजमार्गमा पछिल्लो समय बाढीको उच्च जोखिम देखिएपछि बेलुका ६ बजेदेखि बिहान साढे ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। फलस्वरूप पूर्वतर्फ जान चाहने सवारीसाधनहरू अब वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन्।

तर कान्ति लोकपथ पनि पूर्ण रूपमा सुरक्षित छैन। टीकाभैरवदेखि भीमफेदीसम्मको खण्डमा ठाउँ–ठाउँमा वर्षाका कारण पहिरो झर्ने, सडक हिलो हुने र सवारीसाधन फस्ने समस्या बारम्बार देखिएको छ। यस्तै, वर्षायाममा हुस्सु लाग्दा दृश्यता घट्ने समस्या पनि अत्यन्त चिन्ताजनक बनेको छ।

भीमफेदी (बागमती खोला) देखि मकवानपुरगढीसम्मको खण्डमा सुक्खा पहिरो र ढुंगा खस्ने समस्या देखिएको छ। सडक स्तरोन्नतिको काम भइरहेकाले यात्रा थप कठिन हुने गरेको यात्रुहरूको गुनासो छ।

https://www.youtube.com/@lalitkhabar

यातायात व्यवसायीहरूका अनुसार हाल कान्ति लोकपथ अत्यधिक सवारी चापका कारण जोखिममा परेको छ। पहिरो नियन्त्रण, सडक मर्मत तथा ट्राफिक व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान नदिएको भन्दै स्थानीय तथा यात्रुहरू आक्रोशित छन्।

विशेषगरी वर्षायाममा वैकल्पिक मार्गको रूपमा कान्ति लोकपथ प्रयोग बढ्ने भएकाले तत्काल पहिरो नियन्त्रण, सडक सुधार र सूचना व्यवस्थापनमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।