२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


यातायात कार्यालय गुर्जुधारामा सेवाग्राहीलाई अनावश्यक दुःख दिने ६ जना पक्राउ



काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ स्थित मोटरसाइकल यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीलाई अनावश्यक दुःख दिई अभद्र व्यवहार गरेको अभियोगमा ६ जना व्यक्ति पक्राउ परेका छन्। प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले मंगलबार दिउँसो १:३० बजे ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये केहीले सेवाग्राहीलाई “छिटो काम गराइदिन्छु” भन्दै हैरानी दिने र असहज वातावरण सिर्जना गर्ने काम गर्दै आएका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारसम्बन्धी कसुरमा ५ दिनको म्याद थप अनुमति दिएको र हाल उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्र.उ. अपील राज बोहराले जानकारी दिए।

पक्राउ परेकाहरूको विवरण यसप्रकार छः
१. बिकाश तामाङ, २९ वर्ष, चन्द्रागिरि–६, काठमाडौं
२. शुशिल अधिकारी, २५ वर्ष, मकवानपुरगढी–१, हाल चन्द्रागिरि–८
३. अनिश ठकुरी, २४ वर्ष, बरहथवा–९, सर्लाही
४. छिरिङ लो, १९ वर्ष, मकवानपुर
५. मनोज तामाङ, २७ वर्ष, थाक्रे–२, धादिङ
६. राजीव खत्री, २४ वर्ष, सिरानचोक–७, गोरखा

प्रहरीले यस्ता गतिविधि दोहोरिन नदिन सतर्कता बढाउने जनाएको छ। सेवाग्राहीको हक अधिकारको संरक्षण गर्ने उद्देश्यले अनियमित गतिविधिमा संलग्नहरूमाथि कडा निगरानी राखिने पनि प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।