१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर मनहरा खोलामा हाम फालेका युवकलाई उद्धार



ललितपुर । ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित मनहरा खोलामा आज (बुधबार) बिहानै हाम फालेका युवकको सकुशल उद्धार गरिएको छ। नुवाकोट घर भई पुनर्जीवन अस्पतालमा उपचार गराइरहेका १८ वर्षीय आयुष बडाललाई सशस्त्र प्रहरीले खोलाबाट निकालेको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बडाल बिहान ६:४० बजेतिर मनहरा खोलामा हाम फालेका थिए। खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गणबाट नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो।

अहिले बडालको अवस्था सामान्य छ। उनी मानसिक रूपमा अस्वस्थ रहेकाले उपचारत थिए।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १२ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।