२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं अदालतबाट भागेका थुनुवा पक्राउ



काठमाडौं । काठमाडौँ अदालतबाट भागेका थुनुवा गोंगबुबाट पक्राउ परेका छन्। आइतबार थुनछेक बहसका लागि लगिएका चोरी मुद्दाका आरोपित अदालतको शौचालयबाट फरार भएका थिए। काठमाडौँ प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार उनी हतकडीसहित बालाजु बसपार्कबाट फेरि पक्राउ गरिएको हो।

अदालतको शौचालयबाट भाग्ने व्यक्ति रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-१ घर भई हाल गंगबु बस्ने २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही फरार थिए। २०८२ जेठ २० गते पक्राउ परेका शाहीलाई प्रहरी वृत्त लैनचौरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

उनलाई आइतबार म्याद थपका लागि प्रहरी हवल्दार चक्रबहादुर रोकायाको कमाण्डमा २ जनाको जिम्मामा थुनछेक बहसका लागि लगिएको थियो। तर ४ नम्बर इजलासमा थुनछेक बहस चलिरहँदा प्रहरी जवान छविराज रेग्मीको साथमा शौचालय गएका उनी हतकडीसहित फरार भएका थिए।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।