२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सेतोढोकामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–१, सेतोढोकाबाट शनिबार राति जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ घर भएका ४५ वर्षीय चेन्जे शेर्पा समेत रहेका छन्।

प्रहरी वृत्त दरवारमार्गबाट खटिएको टोलीले उनीहरूलाई नगद ७१ हजार २ सय ६५ रुपैयाँ, ८ बुक तास र ११ थान मोबाइल सामान सहित पक्राउ गरेको जनाएको छ।

प्रहरीले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।