२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ठमेलमा पर्यटक लुट्ने तीन जना युवाहरु काठमाडौंबाट पक्राउ



काठमाडौं
ठमेलमा पर्यटक लुट्ने तीन जना युवाहरु काठमाडौंबाट पक्राउ परेका छन् ।
प्र्रहरीले लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका १६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा नगरपालिका १० श्रृजना टोल बस्ने २८ वर्षीय निल कुमार तामाङ रहेका छन् ।
काठमाडौं महानगरपालिका १६ ठमेलमा भारतीय पर्यटकहरूलाई अपरिचित व्यक्तिहरूले होटल खोज्न सहयोग गरी दिन्छु भन्दै गोंगबु बसपार्क नजिक रहेको धुर्ब ताराकम्प्लेक्सको छैठौ तल्लामा लगेर कुटपिट तथा लुटपाट गरी फरार भएका थिए ।
घटनाको
अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं नयाँबजारबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।