२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वीर अस्पतालसहित देशभरका ओपीडी सेवा ठप्प, बिरामीहरू समस्यामा



काठमाडौं । उपभोक्ता अदालतको हालैको फैसलाविरुद्ध चिकित्सकहरूले सुरु गरेको आन्दोलनका कारण देशभरका स्वास्थ्य सेवामा असर परेको छ। सोमबारदेखि चिकित्सकहरूले आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेसँगै काठमाडौंको वीर अस्पतालसहित देशभरका ओपीडी सेवा ठप्प हुँदा हजारौं बिरामीहरू समस्यामा परेका छन्।

नेपाल चिकित्सक संघको नेतृत्वमा सुरु गरिएको यो आन्दोलनले विशेषगरी नियमित स्वास्थ्य परीक्षण, रिपोर्टको आधारमा औषधि सिफारिस लगायतका सामान्य सेवाहरूमा पहुँच बन्द गरिदिएको छ। बिरामीहरू ओपीडीमा चिकित्सक नभेटिएको र आवश्यक औषधि लेख्नसमेत नपाएको भन्दै गुनासो गरिरहेका छन्।

“हामी महिनौँदेखि नियमित उपचारका लागि आइरहेका छौँ, तर आज चिकित्सक नै नभएपछि फर्किनुप¥यो,“ वीर अस्पतालमा भेटिएकी एक बिरामीले भनिन्।
चिकित्सकहरूको आन्दोलनको कारण बनेको फैसलामा उपभोक्ता अदालतले केही हप्ता अघि तीन अस्पताल र चिकित्सकहरूलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो। चिकित्सकहरू भने उक्त फैसलाले स्वास्थ्य क्षेत्रमाथि प्रत्यक्ष असर परेको र निर्णय असमान्य रहेको जिकिर गर्दै आएका छन्।

नेपाल चिकित्सक संघले सरकारले शीघ्र समाधान निकाल्नुपर्ने माग राख्दै चेतावनी दिएको छ कि माग सम्बोधन नभए आन्दोलन अझ कडा बनाउन सकिन्छ। सरकार र आन्दोलनरत पक्षबीच वार्ताको पहल भए पनि हालसम्म ठोस निष्कर्षमा पुगेको छैन। यसबीच, बिरामीहरू भने अत्यावश्यक स्वास्थ्य सेवा नपाएर मर्कामा परिरहेका छन्।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।