हेटौँडा । आज बिहान गङ्गटेस्थित ठिंगन–वगुवा सडक खण्डमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण सयौँ सवारी साधन ठिंगन र वगुवामा रोकिएका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार डोजर प्रयोग गरी पहिरो पन्छाएपछि दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको हो।
लगातारको वर्षाले पहिरोको जोखिम बढिरहेका बेला प्रहरी प्रशासन र सरोकारवाला निकायले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखेर बाटो खुलाउने काम अघि बढाएको थियो।
प्रशासनले आगामी दिनमा यात्रुहरूलाई सतर्क रहन र सम्भव भएसम्म सुरक्षित मार्ग प्रयोग गर्न आग्रह गरेको छ।








प्रतिक्रिया