२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बौद्ध क्षेत्रमा आगलागी, एक महिलाको मृत्यु



काठमाडौँ । काठमाडौँको बौद्ध क्षेत्रमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ। बिहीबार अपरान्ह काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित हरि प्रसाद गौतमको साढे तीन तले घरको भुईँतलामा आगलागी हुँदा ६५ वर्षीया उर्मिला तामाङको ज्यान गएको हो।

काभ्रेको चौंरीदेउराली गाउँपालिका–३ निवासी तामाङ शारीरिक अपाङ्गता (बायाँ खुट्टा नभएको) भएकी थिइन्। उनी भुईँतलाको कोठामा सुतिरहेको अवस्थामा आगलागीमा परेकी थिइन्।

प्रहरीका अनुसार आगलागीबाट झ्याल, ढोका, लत्ता कपडा पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीको कारण खुल्न नसके पनि घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ५ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।