१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोटेश्वरबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ



काठमाडौं । काठमाडौं कोटेश्वरस्थित पाल्पाकोटबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले बिहीबार एक डेराबाट गाँजा बरामद गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङका सुमन चेपाङ, प्रकाश चेपाङ (१९), शंकर चेपाङ (२०), जीवन प्रजा (३६) र एक अन्य रहेका छन्। उनीहरू सबै धादिङकै बासिन्दा हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी अपिलराज बोहराका अनुसार सुमन चेपाङले धादिङबाट सार्वजनिक सवारीसाधन प्रयोग गरी गाँजा ल्याएका थिए। प्रहरीका अनुसार उनीहरूले कोटेश्वरमा गाँजाको किनबेच गरिरहेका बेला पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ४० किलो गाँजासँगै १ लाख २५ हजार रुपैयाँ नगद, तीनवटा मोबाइल फोन र दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ।

प्रहरीले कोटेश्वर क्षेत्रमा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि उक्त क्षेत्रमा निगरानी बढाएको थियो। सोही आधारमा खटिएको प्रहरी टोलीले पाल्पाकोटस्थित डेराबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ३ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।