२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना



काठमाडौं । काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका अनुसार लुप्र ०२–००१ ख ००४५ नम्बरको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा पर्ने बेल नदी नजिकै आइतबार बिहान दुर्घटनामा परेको हो।

दुर्घटनामा परी तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। बाँकी २६ जना घाइतेहरूको चन्द्रौटास्थित सन्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसके पनि ट्राफिक प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्दार गरिएको थियो।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ११ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।