१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौँबाट कावासोती जाँदै गरेकी ३२ वर्षीया महिला सम्पर्कविहीन, नदीमा हाम फालेको आशंका



काठमाडौँ । काठमाडौँबाट कावासोतीतर्फ जाँदै गरेकी एक ३२ वर्षीया महिला आइतबार साँझ गल्छीबाट सम्पर्कविहीन भएकी छन्। उनी चढेको बा.३ ख ८०९१ नम्बरको माइक्रोबसका चालकले शौच गर्न गएकी महिला फर्किन नआएको सूचना प्रहरीलाई दिएका थिए।

घटनाबारे जानकारी पाएपछि धादिङको इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस, आदमघाटको टोलीले खोजी कार्य सुरु गरेको छ।

प्रहरीका अनुसार, महिला शौच गर्न गएका स्थानभन्दा करिब ५० फिट तल एक जोर चप्पल फेला परेको छ। यस आधारमा नदीमा हाम फालेको आशंका गरिएको छ। अहिले नदी क्षेत्रमै खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

महिलाको नाम, ठेगाना वा परिचय खुलाइएको छैन। खोजी कार्यमा स्थानीयवासीको समेत सहयोग लिइएको छ। प्रहरी स्रोतका अनुसार घटनाको प्रकृति हेर्दा आत्महत्या हुनसक्ने अनुमान गरिए पनि अनुसन्धान जारी रहेको र सबै सम्भावनालाई खुला राखेर काम भइरहेको छ।

 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ११ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।