२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरमा सबैभन्दा महँगो जग्गा दरबारमार्ग क्षेत्र



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको आर्थिक ऐन अनुसार सबैभन्दा महँगो सरकारी मूल्यमा पर्ने जग्गा दरबारमार्ग क्षेत्रको भएको छ। ५० लाख रुपैयाँ प्रतिआना मूल्य तोकिएको यो क्षेत्र राजधानीको सर्वाधिक उच्च मूल्याङ्कन भएको भूभाग बनेको हो।

कुन–कुन स्थान पर्छन् ५० लाख प्रतिआनाको मूल्यमा?

दरबारमार्ग क्षेत्रसँगै मूल्याङ्कनमा पर्न आएका क्षेत्रहरूमा राजधानीका मुख्य व्यस्त तथा व्यापारिक स्थानहरू छन्। ती क्षेत्रहरू यसप्रकार छन्:

दरबारमार्ग क्षेत्र आसपास:

दरबारमार्गको दायाँबायाँ

माइतीघर

सिंहदरबार पश्चिम गेट

पुतलीसडक

कृष्ण पाउरोटी

हात्तीसार

जय नेपाल हल क्षेत्र

कान्तिपथ, जमल

घण्टाघरदेखि कमलादी मोडसम्म

अन्य उच्च मूल्य क्षेत्रहरू:

जमल, रानीपोखरी, वीर अस्पताल

नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक

त्रिपुरेश्वरसम्मको मूल सडकको दायाँबायाँ

ठमेल–इन्द्रचोक क्षेत्र:

केशरमहल गेटदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोक

हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड

इन्द्रचोक–असन–भोटाहिटी चोक

असन चोकदेखि राष्ट्रिय नाचघर हुँदै तीनधारा पाठशालासम्म

अन्य महत्वपूर्ण क्षेत्रहरू:

महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजा

रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट–सुन्धारा चोक

सिंहदरबार पश्चिम गेटदेखि भद्रकालीसम्म

नयाँ सडक, पुरानो काठमाडौँ महानगर भवन क्षेत्र

जुद्धशमशेर सालिकदेखि इन्द्रचोक

न्यूरोड पिपलबोट, आरबी कम्प्लेक्स, खिचापोखरी–धरहरा

सम्पत्ति करको मूल्यांकन

काठमाडौँ महानगरपालिकाले सम्पत्ति करको आधारमा मूल्याङ्कन गर्नका लागि जग्गाको मूल्य निर्धारण गरेको हो। सार्वजनिक सेवा प्रवाह, योजना निर्माण तथा कर प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यले मूल्य संशोधन गरिएको जनाइएको छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।