भक्तपुर
भक्तपुरको सिर्जनानगरमा टिपरको ठक्करपछि अपरिचित मानिसको निधन भएको छ ।
सूर्यविनायक नगरपालिका ५ सिर्जनानगरस्थित सडकमा बा।४ ख ४८०१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हालसम्म परिचय नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको निधन भएको छ ।
प्रहरीका अनुसार मंगलबार राति भएको सो दुर्घटनापछि
गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारका लगिएको थियो । उनलाई डाक्टरहरुले उपचारकै क्रममा मृत घोषणा गरेका थिए ।
सो दुर्घटनापछि प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।








प्रतिक्रिया