५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठगी आरोपमा एक व्यक्ति काठमाडौंबाट पक्राउ



काठमाडौं । ठगीसम्बन्धी मुद्दामा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंको कागेश्वरी मनोहराबाट पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति काठमाडौंको गोलढुंगा घर भई हाल कागेश्वरी मनोहरामा बसोबास गर्दै आएका ४६ वर्षीय केदार अर्याल हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपिल बोहराका अनुसार, अर्यालविरुद्ध ५ वटा ठगीसम्बन्धी मुद्दामा अदालतले ११ महिनाको कैद सजाय सुनाएको छ। साथै, ती मुद्दासँग सम्बन्धित गरी उनीबाट कुल १ करोड ४५ लाख ८६ हजार रुपैयाँ असुल उपर गरिनुपर्ने देखिएको छ।

एसपी बोहराका अनुसार, अर्यालले हालै रमेश कुमार कार्कीलाई समेत ठगी गरेको आरोप लागेको छ। कार्कीले अर्यालले आफूलाई १ करोड २५ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले अदालतबाट म्याद लिई घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार  ७ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।