३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको सिनामंगलबाट २ करोडभन्दा बढीको विद्युतीय सामानसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौं । राजस्व छलीको आरोपमा काठमाडौंको पुरानो सिनामंगलबाट चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३८ वर्षीय यु वाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

वाङले काठमाडौं महानगरपालिका–३२, पञ्चमुखी चोकस्थित पाँचतले घर भाडामा लिएर बिना अनुमति विभिन्न प्रकारका विद्युतीय उपकरण बिक्री गर्दै आएको सूचनाका आधारमा उनलाई मंगलबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार वाङले विना बिलबिजक ल्यापटपका पार्टपुर्जा, ब्याट्री, सीसी क्यामेरा, एचडी क्यामेरा, घडीलगायतका सामग्री बिक्री गर्दै आएका थिए। ती सामग्रीहरूको अनुमानित मूल्य २ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

वाङले चीनबाट कच्चा पदार्थ ल्याएर नेपालमै उत्पादन तथा प्रशोधन गरी ती सामग्री बजारमा पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

प्रहरीले अहिले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। राजस्व छली, अवैध व्यापार र आप्रवासनसम्बन्धी विषयमा समेत वाङमाथि अनुसन्धान भइरहेको जनाइएको छ।

 

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार  ११ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।