२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठूलो मात्रामा ट्रामाडोलसहित बालाजुबाट महिला पक्राउ



काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले बालाजुबाट ठूलो मात्रामा ट्रामाडोलसहित एक महिलालाई पक्राउ गरेको छ। ब्युरोका अनुसार भारतबाट तस्करी गरी ल्याएर लुकाइएका ३५ हजार ५९० क्याप्सुल ट्रामाडोल र साढे १२ केजी गाँजासहित मोरङकी निकु राई पक्राउ परेकी हुन्।

३२ वर्षीया राई मोरङको बेलबारीकी स्थायी बासिन्दा हुन् भने उनी हाल काठमाडौंको गंगाहल नजिकै बस्दै आएकी थिइन्। लागूऔषध तस्करीमा संलग्न एक फरार व्यक्ति र राईले भारतबाट सुटकेसमा प्याक गरेर ट्रामाडोल नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए।

भारतबाट नेपालतर्फ आउने लामो दूरीका यात्रुबाहक बसमार्फत उक्त ट्रामाडोल ल्याइएको थियो। ती औषधि राजधानीको बालाजुमा लुकाइ राखिएको अवस्थामा बरामद भएको हो। ट्रामाडोललाई प्रायः एनाल्जेसिक (दुखाइ कम गर्ने औषधि) भनेर बेच्ने गरिए पनि अत्यधिक प्रयोगमा लागुऔषधको रूपमा दुरुपयोग हुने भएकाले यसलाई नियन्त्रित औषधिको सूचीमा राखिएको छ।

राईको साथबाट प्रहरीले साढे १२ केजी गाँजासमेत फेला पारेको छ। प्रारम्भिक बयानमा उनले लागूऔषधको कारोबारमा संलग्न अर्का एक व्यक्तिसँग मिलेर लामो समयदेखि यो धन्दा गर्दै आएको स्वीकार गरेकी छन्। अर्का कारोबारी भने हाल फरार छन् र प्रहरीले खोजी जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ५ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।