२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं आउँदै गरेको बस काभ्रेमा दुर्घटना, २३ जना घाइते



काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८, पौवास्थित भित्री सडकमा शनिबार एक यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

रामेछापको डोरखानीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस मध्याह्न १२:२० बजे सडक छेउको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बसमा ३२ जना यात्रु सवार थिए।

प्रहरीका अनुसार, बसको ब्रेक फेल भएपछि गाडी अनियन्त्रित भई सडक छेउको भित्तामा ठोक्किएको हो। दुर्घटनामा घाइते भएका सबै यात्रुहरूलाई धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको छ।

दुर्घटनापछि बस र चालकलाई प्रहरी चौकी दोलालघाटले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण:

भिम बहादुर मगर, ४६ वर्ष, रामेछाप (अवस्था मध्यम)

नम्बर सिंह तामाङ, ४४ वर्ष, रामेछाप (अवस्था मध्यम)

फुल माया तामाङ, ४६ वर्ष, रामेछाप (अवस्था मध्यम)

राम बहादुर चापागाई, ३० वर्ष, काभ्रे (अवस्था मध्यम)

मिन बहादुर बि.क., ४५ वर्ष, काभ्रे (अवस्था मध्यम)

भुवन थापा मगर, २८ वर्ष, रामेछाप (सामान्य)

कमल सुनार, ३५ वर्ष, गोरखा (अवस्था मध्यम)

सुवास तामाङ, २६ वर्ष, काभ्रे (अवस्था मध्यम)

निर्मला खत्री, ४४ वर्ष, काभ्रे (सामान्य)

सरोज रसाईली, २१ वर्ष, काभ्रे (सामान्य)

राम गौतम, २६ वर्ष, काभ्रे (अवस्था मध्यम)

सरोज बि.क., २१ वर्ष, काभ्रे (अवस्था मध्यम)

दोर्जे लामा, ७८ वर्ष, काभ्रे (अवस्था मध्यम)

प्रकाश गौतम, १७ वर्ष, काभ्रे (सामान्य)

असलमान तामाङ, ५९ वर्ष, रामेछाप (सामान्य)

सुकलाल लामा, ६४ वर्ष, रामेछाप (अवस्था मध्यम)

शेर बहादुर तामाङ, ४५ वर्ष, रामेछाप (सामान्य)

तारा बहादुर श्रेष्ठ, ४० वर्ष, रामेछाप (सामान्य)

दिव्या थापा मगर, १५ वर्ष, रामेछाप (सामान्य)

चेत बहादुर श्रेष्ठ, ५१ वर्ष, रामेछाप (अवस्था मध्यम)

माईली तामाङ, ५८ वर्ष, काभ्रे (सामान्य)

मैया बुढाथोकी, ६४ वर्ष, काभ्रे (अवस्था मध्यम)

जनक रिजाल, ४१ वर्ष, काभ्रे (अवस्था मध्यम)

प्रकाशित मिति : ४ श्रावण २०८२, शनिबार  ४ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।