काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित रातोपुलमा चोरी भएको छ। प्रहरीका अनुसार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ का ३२ वर्षीय दीपक श्रेष्ठ डेरा गरी बस्ने कोठाबाट करिब १५ लाख २० हजार रुपैयाँ बराबरको सुनका गरगहना लगायतका धनमाल चोरी भएको हो।
चोरीको घटनापछि महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ। हाल चोरीमा संलग्न व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया