काठमाडौं । काठमाडौं कागेश्वर मनोहरा नगरपालिका–५, थली स्थित खाली चौरमा एक पुरुषको शव फेला परेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार अन्दाजी ४० वर्ष जतिको पुरुष मृत अवस्थामा भेटिएका हुन्। हालसम्म शवको पहिचान (सनाखत) हुन सकेको छैन।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको जनाएको छ। शवको कारण र घटनाको पृष्ठभूमि खुलाउनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया