२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको सूर्यविनायकमा बसको ठक्करबाट वृद्धाको मृत्यु



भक्तपुर । भक्तपुरको सूर्यविनायकमा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–४, मंगलाछेँ घर भई हाल भक्तपुर आदर्श बस्ने ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठलाई पैदल यात्रा गरिरहेका बेला बसले ठक्कर दिएको हो।

भुलाँचा चोकमा काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको मयुर यातायातको बा ५ ख ४७८२ नम्बरको बसले श्रेष्ठलाई बाटो पार गर्ने क्रममा ठक्कर दिएको थियो। गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। चालकको परिचय २८ वर्षीय निलकुमार तामाङ, स्थायी घर नुवाकोटको शिवपुरी गाउँपालिका–२, छाप, हाल बसोबास काठमाडौं नारायणस्थान रहेको जनाएको छ।

चालकलाई जगाती प्रहरी वृत्तमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार  १ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।