गए राति काठमाडौंमा स्कुटर दुर्घटनामा परेर युवतीको निधन भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २८ प्रज्ञा भवन नजिकै सडकमा बागमती प्रदेश ०२ –०३४ प ३४५८ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक काठमाडौं बनस्थली बस्ने उदयपुर त्रियुगा नगरपालिका १३ घर भएकी २५ वर्षीया समिक्षा रिजालको निधन भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया