२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरका सार्वजनिक स्थलमा धुम्रपान गरे ५ सय जरिवाना, पार्किङमा पनि कडाइ



काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गर्ने भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक ऐनमार्फत यस्तो व्यवस्था गरिएको हो।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थानमा अत्यधिक धुम्रपान र जनगुनासो बढेपछि कडाइ गर्न आर्थिक ऐनमा नयाँ जरिवाना व्यवस्था गरिएको हो।

पार्किङमा पनि कडाइ

पार्किङसम्बन्धी उल्लंघनमा पनि कडा जरिवाना तोकिएको छ।

मोटरसाइकल/स्कूटर: १ हजार रुपैयाँ

चारपाङ्ग्रे (कार, जीप, डेलिभरी भ्यान): २ हजार ५ सय रुपैयाँ

मिनीबस/मिनीट्रक: ३ हजार ५ सय रुपैयाँ

ठूला सवारी (बस, ट्रक): ५ हजार रुपैयाँ

विज्ञापन र फोहोरका लागि भारी जरिवाना

प्रचलित कानुनले निषेध गरेको विज्ञापन गरेमा १० हजार रुपैयाँ

विना अनुमति होडिङ बोर्ड विज्ञापन गरेमा १० हजारदेखि १ लाख रुपैयाँ

पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर टाँस्दा वा फोहोर गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँ

खम्बा, पर्खालमा पेन्टिङ लेखन गर्दा ५ हजारदेखि ५० हजार रुपैयाँ

स्वागतद्वार वा गेट निर्माण गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँ

रुखविरुवामा क्षति पुर्‍याएमा ५ सयदेखि ५० हजार रुपैयाँसम्म जरिवाना

 

प्रकाशित मिति : १० श्रावण २०८२, शुक्रबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।