५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरले सडकमा माटो खसाल्ने व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सडकमा माटो खसालेर धुलो र फोहोर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका-१४, बल्खु चोकमा आफ्नै निजी जग्गामा जेसीबी प्रयोग गरी माटो पुर्ने क्रममा सडकमा माटो खसालेर धुलाम्मे र फोहोर गर्ने हरिलाल श्रेष्ठलाई महानगर प्रहरीले कारबाही गरेको हो।

महानगरपालिकाले सार्वजनिक सडकमा फोहोर फैलाउनु र धुलो उडाएर वातावरण प्रदूषण गराउनु नियम विरुद्ध रहेको भन्दै यस्तो कार्यलाई कडाइका साथ दण्डित गर्ने बताएको छ। महानगर प्रहरीले व्यक्तिगत वा व्यावसायिक काम गर्दा सार्वजनिक सम्पत्ति र वातावरणमा असर पुर्‍याउन नपाइने स्पष्ट पारेको छ।

नगरपालिकाले यस्ता गतिविधिमा निरन्तर निगरानी राख्ने र नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने जनाएको छ।

 

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  ५ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।