३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुन्दरीजलमा खोलामा फसेका पाँच जनाको सकुशल उद्धार



काठमाडौं । काठमाडौंको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिक बोलबम नुहाउने क्रममा खोलामा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ।गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने उक्त स्थानमा आज बिहान साढे २ बजेतिर नुहाउने क्रममा एक्कासि खोलाको बहाव बढेपछि चार जना भारतीय नागरिक र एक जना नेपाली बिच खोलामा फसेका थिए।

घटनापछि चन्दननाथ गणबाट खटिएको नेपाली सेनाको उद्धार टोली, अन्य सुरक्षा निकाय तथा स्थानीयको सक्रियतामा उनीहरूलाई सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

सावन महिनामा बोलबमका लागि आएका भक्तजनले सुन्दरीजलको खोलामा नुहाउने क्रम बढेको हुँदा यसरी आकस्मिक रुपमा बहाव बढ्दा जोखिम हुने सम्भावना बढी हुने जनाइएको छ। सुरक्षाकर्मीहरूले नदी किनारमा सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : १३ श्रावण २०८२, सोमबार  १० : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।