३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरपालिकाको कर्मचारी हुँ भन्दै १३ लाख ठगी गर्ने युवक पक्राउ



काठमाडौं । आफूलाई काठमाडौं महानगरपालिकाको फोहोर मैलाको कर्मचारी भएको भन्दै १३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ घर भइ काठमाडौं महानगरपालिका–६ बसोबास गर्दै आएका २८ वर्षीय राजु लामा रहेका छन्।

प्रहरीका अनुसार लामाले काठमाडौं महानगरपालिका–३१ स्थित वडा क्षेत्रमा आफू महानगरपालिकाको फोहोर व्यवस्थापन शाखामा कार्यरत कर्मचारी भएको भनी सार्वजनिक व्यक्तिहरूबाट रकम असुल्दै आएका थिए।

प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा उनले जम्मा १३ लाख २५ हजार रुपैयाँ असुली गरेको खुलासा भएको छ।

हाल प्रहरीबाट ठगीसम्बन्धी आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार  ३ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।