२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अल्पमतमा परेको मुख्यमन्त्री बहादुरसिंह लामाले भने, ‘राजीनामा दिन्न’



हेटौँडा
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाए पनि आफूले पदबाट राजीनामा नदिने बताएका छन् ।

सञ्चारमाध्यमहरूलाई आज प्रतिक्रिया दिँदै उहाँले सरकार र संसदीय दल फरक भएकाले संसदीय दलमा विश्वास गुमे पनि सरकारबाट भने राजीनामा नदिने बताए । उनले गठबन्धन दलहरूको पनि समर्थन रहेकाले राजीनामा नदिने बताएका हुन् ।

मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको बताएका छन् ।

संसदीय दलका सचिव कृष्ण तामाङले गत साउन ९ गते प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएको बताएका छन् ।

उनका अनुसार उनीहरूले नयाँ संसदीय दलको नेताको रूपमा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँलाई अघि सार्दै अविश्वासको प्रस्ताव दर्ता गराइएको थियो ।

 

प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।