३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर बस्ने सविन उप्रेती १२ करोडभन्दा बढी ठगी आरोपमा पक्राउ



काठमाडौं । १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा फरार रहेका सविन उप्रेती पक्राउ परेका छन्। रामेछापको खाँडादेवी गाउँपालिका–५ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४, दधिकोटमा बसोबास गर्दै आएका ४२ वर्षीय उप्रेतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उप्रेतिविरुद्ध भीमबहादुर कार्की लगायतले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको सहकारी ऐन अन्तर्गतको ठगी मुद्दा चलाइएको थियो। उनी साउन १३ गते दिउँसो ४ बजे दधिकोटस्थित घरबाट पक्राउ परेका हुन्।

पक्राउपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  ५ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।